Thursday 12th March 2026

आज विश्व मुटु दिवस, ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ मनाईँदै

काठमाडौं |  आज सेप्टेम्बर २९, विश्व मुटु दिवस।  विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।  नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ। प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ। 

यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ ।

यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो।  

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् । मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा छन् ।

त्यस्तै ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई पनि मुटुसम्बन्धी अपरेशनलगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको उहाँको भनाइ छ । अन्य उमेरका मुटुरोग लागेका दीर्घरोगीलाई एक लाखसम्मको उपचार सेवा निःशुल्क छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...