Thursday 22nd January 2026
आजदेखि मौसममा सुधार हुने
काठमाडौ । आइतबारदेखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार आइतबार भारी वर्षाको सम्भावना छैन। बिहीबार रातिदेखिको वर्षा शनिबार बेलुकादेखि रोकिएको थियो।यद्यपि मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।
त्यसको प्रभावले आइतबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक( दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली भई कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
