कोशी ब्यारेजबाट बस नदीमा खस्यो

विराटनगर ।कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो।

बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।