Thursday 22nd January 2026

सानो संसार’को प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।

भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको कमलपोखरीस्थित विग मुभिजमा प्रिमियर गरिएको हो ।

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत अन्य कलाकारहरको उल्लेख्य सहभागिता थियो ।

प्रिमियरमा सहभागि अधिकांस दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन् ।

उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । सिद्धार्थको यो डेब्यु निर्देशन हो । चलचित्रको कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

अर्जुनकुमारको निर्माण रहेको यो चलचित्र ७० लाखमा बनेको हो ।

अक्सर दुई करोडभन्दा कम बजेटमा चलचित्र बन्दैनन् भनेर अधिकांश निर्माता तथा निर्देशकले बताइरहँदा अर्जुनले ७० लाखमा ‘सानो संसार’ बनाएका हुन् । उनी भने यो बजेटलाई आम नेपाली चलचित्रको बजेट भएको दाबी गर्छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...