महायोगी सिद्धबाबाको जन्म नेपालको पुर्वी पहाडी जिल्ला सोलुखुम्बु जिल्लामा भएको हो । बाल्यकालदेखि नै उहा एकान्तमा बस्न रुचाउनु हुन्थ्यो । ब्राहमण परिवारमा जन्मीएका कारण उहा बच्चै देखि धार्मिक र संस्कारीक हुनु हुन्थ्यो । निकै जियासु स्वाभावका महायोगी सिद्धबाबा बेला बेलामा विभिन्न अनौठा किसिमका क्रियाकलापहरु गरेर सबैलाई अच्चमीत पार्नु हुन्थ्यो । धेरै प्रश्न गरेर छेउछाउ बस्ने आफ्नता र साथीभाईलाई समेत दिक्क पार्नु हुन्थ्यो ।
उहा महायोगी सिद्धबाबा हुनुमा एउटा रोचक कथा छ । एक दिन रेडियो बोलेको देखेर सुनेर उहा सारै अच्ममा पर्नु भएछ । को बोल्छ यस रेडियोमा हेर्नु पयो भनेर रेडियो फुटाउन पुग्नु भएछ । रेडियो फुटे पछि परिवारका सबै सदस्याहरु रिसाए छन् । त्यसपछि भगवान शिवालाई रेडियो माग्न भनेर शिवालय मन्दिर तिर लाग्नु भएछ । शिवालय मन्दिरमा रेडियो माग्न जाँदा उहा एकासि विहोस भएर ढल्नु भएर । त्यसपछि उहाको जीवनले नयाँ मोड लिएछ । होसमा आउदाँ आफुलाई छिमेकी देश भारतमा पाउनु भएछ । आफु कसरी र काहाबाट त्यहा पुगे त्यो अझै रहस्यमय नै रहेको बताउनु हुन्छ सिद्धबाबा ।
बाल्यावस्थामै गृह त्याग गरी भारतका विभिन्न प्रान्तहरुमा बस्न थाल्नु भयो । आफ्नो अध्ययनलाई पनि निरन्तरता दिदै जानु भयो । वि.ए सि अध्ययन पश्चात आफुलाई ध्यान तपश्यामा समपर्ण गर्नु भयो । उहाले विज्ञान अन्तरर्गत वनस्पति शास्त्रमा विद्यावारिधि गरे पनि यसबाट उहालाई सन्तुष्टी भने मिलेन । जीवनमा अनेकौ पीडा र संघर्षहरु झेल्नु पर्यो तर पनि रतिभर विचलित हुनु भएन । थुपै किसिमका साधुसन्त तथा माहात्माहरुको संगत गर्नु पुग्नु भयो । विभिन्न सम्प्रदायको धार्मिक गन्थ्र, वेद पुराण लगायतका अन्य धार्मिक गन्थ्रहरुको समेत ज्ञान लिनु भयो ।
तपस्वी जीवानकै क्रममा आयुर्वेद र खगोल विज्ञानमा समेत विशिष्टता प्राप्त गर्नुभयो । विज्ञानको अध्ययन, अन्वेषण र साधान सँगै आफुलाई अध्यात्म पथमा पनि समर्पित गर्नु भयो । आफ्ना ज्ञान र अनुभवलाई आधार बनाई आफुमा विभिन्न प्ररिक्षणहरु समेत गर्न थाल्नु भयो । कहिले निराहार व्रक्त बस्नु हुन्थ्यो त कहिले दुधको आहारा मात्र लिएर महिनौ उपबास बस्नु हुन्थ्यो । साधारण कपडाले मात्र आफुलाई ढाकेर चिसो र कठङरिदो मौसममा मौन व्रत तथा ध्यान गर्न पनि पछि हट्नु भएन । जाडो याममा उत्तरकाशी , केदरनाथ, बद्रीनाथ, मानसरोवर, मुक्तिनाथका गुफा, ओढारहरुमा तपस्या गर्न देखि लिएर गर्मी याम, उष्ण प्रदेशको झरी तथा पञ्चाग्निको सेवन गदै विभिन्न योग तथा साधना गरि सिद्धि प्राप्त गर्नु भयो । महायोगीको सिद्धिपश्चात् जन्मभुमीको स्नेहले उहा नेपाल फकर्नु भयो ।
महायोगी सिद्धबाबा जगदगुरु श्री रामानन्दाचार्य सेवापिठ बराहक्षेत्रका संस्थापक तथा नारायण स्थान धार्मिक क्षेत्र विकास समिति पोखराका पिठाधिस हुनुहुन्छ । साथै दजनौ धार्मिक तथा सामाजिक संघसंस्थाहरुमा आवद्ध भएर निरन्तर समाज , देश तथा राष्ट्र निमार्णमा लागी महत्वपुर्ण कार्यहरु गदै आउनु भएको छ ।
भनिन्छ मृत्यु भन्दा कठिन हुन्छ सन्यास पथको यात्रा तर उहा भने यही कठिन पथको यात्रा रमाउनु हुन्छ, आनन्द महसुस गर्नुहुन्छ । वि.स २०६५ साल रामनवमीको अवसरमा विना अक्सिजन चतराधाममा लिएको ९दिने भु समाधि तथा २०७२ साल चैत्र नवरात्रीको अवसरमा पोखरामा विना अक्सिजन बाकस भित्र ९दिनसम्म लिएको समाधिबाट पनि यो प्रस्ट हुन्छ । मान्छे विना अक्सिजन ३ मिनेट भन्दा बढि बाच्न सक्दैन तर उहा ९ दिनसम्म विना अक्सिजन बस्नु हुन्छ । सबैलाई अश्चर्यमा पारे विश्वससै नलाग्ने गरी विज्ञानलाई समेत चुनौती दिनु भएको छ ।
आखाले प्रत्यक्ष हेर्दा र देख्दा पनि काल्पिनीक कथा वा बनावटी काहनी जस्तो लाग्छ तर यो यार्थात हो । कसरी सम्भव होला जस्तो लाग्छ तर यस्ता कार्य महायोगी सिद्धबाबाका निम्ती सामान्य भइसकेका छन् । उहाको जीवन र भोगाई सायद हामी जस्ता युवाहरुको लागी एउटा राम्रो पे्ररणको माध्यम बन्न सक्छ ।
सोजना लोहार
14th May 2019 , 9:38 am
9 hours ago
10th Jun 2025 , 4:01 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
14th May 2019 , 9:38 am
9 hours ago
10th Jun 2025 , 4:01 am