Thursday 12th March 2026
६ साहित्यकार सम्मानित
काठमाडौं । शमी साहित्य प्रतिष्ठानले ६ साहित्यकारलाई ‘साहित्य साधना सम्मान’बाट सम्मानित गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय संसद्का सभामुख देवराज घिमिरेले साहित्यकारहरू कृष्ण गौतम र राप्रउ पोखरेललाई (२०७८), ज्ञान उदास र रामबाबु घिमिरेलाई (२०७९) र प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई (२०८०) सालको साहित्य साधना सम्मान प्रदान गरे ।
सर्जकहरूलाई सम्मानका साथ जनही ५० हजार १०१ रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।
प्रमुख अतिथि घिमिरेले खास चर्चामा आउन नसकेका साहित्यकारहरूको खोजी गरी तिनलाई सम्मानित गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।
सोही अवसरमा गंगाप्रसाद उप्रेतीको नयाँ संस्मरणसंग्रह ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ लोकार्पित गरियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
