Thursday 22nd January 2026

भक्तपुर साँस्कृतिक, पर्यटन तथा ब्यापार महोत्सव २०८१ हुने

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा असोज ९ गतेदेखि १९ गतेसम्म भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन गर्न उक्त मेला हुने भक्तपुर चेम्बर अफ कमर्सले पत्रकार सम्मेलनमा जनाएको हो ।

भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति महोत्सव गर्न लागेको बताइएको छ।  भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउँदै यहाँका स्थानीय उत्पादनहरू लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको रहेको आयोजकले बताएको छ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, विउविजन तया मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स्लगायत १ सय ५० भन्दा बढी स्टलहरु रहने उनले बताए ।

महोत्सवमा बालबालिकाहरुका लागि बालउद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड«ागन रेल, बोटिङ,वाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।

दशैको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जनाइएको छ । महोत्सवबाट उपत्यकाका साथै काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ७० र विद्यार्थीहरुलाई रु ५० को टिकट लाग्ने र बृद्धबृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने आयोजकको भनाई छ । महोत्सव अवधिभर दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने करिब १० कारोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...