Sunday 12th April 2026

नारद पोखरेलको उपन्यास उर्वरा’को सार्वजनिकीरण

काठमाडौं । उपन्यासकार नारद पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ को सार्वजनिकीकरण गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरी लगायतले उक्त कृति लोकार्पण गरे ।

उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिए । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताइन् ।
टिप्पणीकार अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने बताइन् । उनले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको बताइन् ।
समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तिले कार्यक्रममा आ आफ्नो विचार राखेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...