Thursday 22nd January 2026

’होस्टेल ३’को छायाङ्कन सुरु

काठमाडौं।  आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो ।
नेपाली मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन्। चलचित्रको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको छ। यहाँ पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए।


’होस्टेल’ शृङ्खलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ’होस्टेल ३’ मा ’कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्। आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक चलचित्रका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो।

फिल्ममका मुख्य कलाकार पारस बम ‘कुल ब्वाई’ र सिम्रन पन्तले मुहूर्त सट दिएका हुन् । निर्देशक सशान कँडेलका अनुसार भक्तपुरको बोडेमा पहिलो चरणको छायाङ्कन हुनेछ । त्यहाँ २५ दिनको छायाङ्कन तालिका रहेको उनले बताए । दोस्रो चरणको छायाङ्कन भने तिहारपछि हुने बुझिएको छ ।

चलचित्र ’होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको छ। चलचित्रको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ।’होस्टेल’ शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली सिने उद्योगमा स्थापित गराउँदै आएको छ । पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन र सुशील सिटौलालाई परिचित गराएको थियो । २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...