Sunday 12th April 2026

भोटेचौरमा अवस्थित चिया बगानको मनोरम दृश्य र पर्या पर्यटन

सस्मिता | सिन्धुपाल्चोक|  चियाबगान भनेपछि आँखामा इलाम र दार्जीलिङको याद आउँछ तर सिन्धुपाल्चोकस्थित भोटेचौरको चियाबगान राजधानी नजिकैरहेको अर्को इलाम बन्न पुगेको छ । काठमाडौँबाट ४० किलोमिटरको दूरीमा रहेको यो चिया बगान, मोटर  बाइकमा  करिब  दुई घण्टासम्ममा पुग्न सकिन्छ| यो  ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण र रमणीय छ।राजधानीसँगै जोडिएको चिया बारीमा  अहिले हजारौं  पर्यटक खुसि  साट्न आइपुग्ने गरेका छन्।पर्यटकस्थलको दृष्टिकोणले हेर्दा यस ठाउँको अलौकिक वातावरणले औधी मनोरञ्जन दिलाउँछ।

कठिन कच्ची बाटो पैदलबाटै केही घन्टा हिँडेर चियाबगानको थाप्लोमा पुग्न सकिन्छ ।  फुंग उडेको उजाड पाखो चिया बगानकै कारण अहिले  पर्या पर्यटकीय गन्तव्य बन्दै आइरहेको देख्न्न सकिन्छ । अहिले नांगो पाखा पूरै हरियो भएकाले भोटेचौरको मुहारनै  फेरिएको छ । बगानकै कारण ओझेलमा परेको गाउँ पर्यटकीय गन्तव्य बनेको छ ।  हरेक शनिबार बगानमा हुने भीडले आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बढेको छ।’

चिया बगानको स्थापना सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक सोम गौचनले अग्र्यानिक ग्रिन चिया उत्पादन गर्ने उद्देश्यले गरेका थिए।  भोटेचौरमा चियाबारीको भविष्य गौचनले देखेका रहेछन् । उनले यहाँका पाखालाई इलाम र दार्जीलिङजस्तै देखे । प्राध्यापन पेशामा संलग्न उनले अन्ततः यो ठाउँलाई चिया खेतीका लागि अब्बल माने । उनको यस  कार्यले अहिले पूर्णता पाइसकेको छ । चियाबगानले चियाबारी हेर्ने  उपत्यकका आन्तरिक पर्यटकका लागि इलाम पुग्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

एभरेष्ट चिया बगान नामाकरण गरि सुरु गरिएको यो बगान व्यवस्थित बनाएर उत्पादन सुरु गर्दासम्म सात करोड भन्दा बढि खर्च भइसकेको छ भन्ने जानकारी प्राप्त भएको छ  | स्थानीय किसानको जमिन लिजमा लिएर यो चिया बगानको स्थापना गरिएको रहेछ। जसले स्थानीयलाई पनि खुसी दिलाएको छ।

चिया बगान पूरै डाँडाले  ढाकेको यो विशाल देखिन्छ । यसको सौन्दर्य नाप्न पारी तामाङ गाउँ, गुरुङ गाउँ वा धाप ड्यामबाट हेर्नुपर्छ। यो  बगानबाट  उत्तरका हिमाली शृंखलामा रहेका गणेश हिमाल, जुगल, लाङटाङ, दोर्जेलाक्पा, आमायाङ्ग्री हिमालको मनमोहक दृश्य देख्न सकिन्छ।

चिया बगानसँगै सोही रुट भएर मेलम्ची खानेपानी आयोजना तथा पर्यटकीय स्थल चिसापानी, थानकुने भञ्ज्याङ हुँदै गोसाईंकुण्ड तथा हेलम्बु पदयात्राका लागि पनि उत्कृष्ट पदमार्गसमेत रहेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...