काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।
14th May 2019 , 9:38 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
10th Apr 2025 , 1:56 am
9th Apr 2025 , 8:04 am
14th May 2019 , 9:38 am