Thursday 12th March 2026

दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ सुरु

काठमाडौँ । दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

उहाँले भन्नुभयो, “दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् । सुगमतर्फका गन्तव्यमा उडान चाप समान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सङ्ख्या बढिरहेको सुन्नमा आएको छ ।”

यद्यपी, नेपालका एयरलाइन्सहरुले अग्रिम बुकिङ खुलाउने गरेका छैनन् । वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ गरेका हुन् ।

त्यस्तै,  दशैं, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ ।  दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ ।

यातायात व्यवस्था विभागले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरु भई नसकेको बताएको छ । यातायात कम्पनीले अग्रिम टिकट बुकिङ सुरु गरिसकेको विषयमा गाडी सबै निजी कम्पनीको भएकाले उनीहरूले अग्रिम टिकट बुकिङ खोल्नु राम्रो रहेको बताएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...