Thursday 22nd January 2026

विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।

छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ । नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...