Wednesday 11th March 2026
भगवान गणेश तथा स्वराज्य पूजन सम्पन्न
काठमाडौं । भगवान गणेश प्राकट्य दिवसका उपलक्ष्यमा ललितपुर जिल्ला ,महालक्ष्मी नगरपालिका ,वडा नम्बर ३ बोझेपोखरी( इबिदह) बिष्ट गाउँ स्थित गणेश मन्दिरमा गणेश सहस्रना,गणेश अथर्वशिर्ष तथा इन्द्रस्तुति सहित स्वराज्य पूजन सम्पन्न भएको छ।
ललितपुर जिल्ला ,महालक्ष्मी नगरपालिका ,वडा न ३ बोझेपोखरी( इबिदह) बिष्ट गाउँ स्थित गणेश मन्दिरमा गणेश सहस्रनाम तथा गणेश अथर्वशिर्ष पाठ पारायण तथा पूजनसंगै ललितादेवी स्थान,इबिदहमा गणेश तथा अन्य देवीदेवताको पूजन ,इन्द्रेश्वर महादेवमा इन्द्रस्तुति सहित स्वराज्य पूजन,पैनाचल हनुलिंगेश्वरमा गणेश तथा देवीदेवता पुजन पश्चात् परिक्रमा गर्दै पुनः बोझेपोखरीमा आएर पूजा सम्पन्न गरिएको थियोे ।पहिलोपटक आयोजना गरिएको परिक्रमा सहितको स्वराज्य पूजनले स्वराज्य भागवतको महत्त्वलाई विश्वमा स्थापित गराउने बिचार परिकल्पनाकार तथा संकल्पकर्ता केशवप्रसाद चौलागाईंले राख्नुभयो।वेदमा स्वराज्यको मन्त्र रहेको र श्रीमद् भागवतमा कथा रहेको तथ्यलाई समन्वयात्मक रुपमा उजागर गर्दै” स्वराज्य भागवत” लेखिएको तथ्यलाई पूजन र परिक्रमा ले सार्थक तुल्याउने उहाँको भनाइ छ।
“आँसु: शिशानो बृषभो न भीमो घनाघन: क्षोभणश्चषर्णीनाम्।संक्रन्दनोनिमिषएकवीर: शत सेना अजयत् साकमिन्द्र: ।।”अर्थात वेगगामी,वज्रतीक्ष्णकारी,भयंकर मेघतुल्य वृष्टि गराउने मानवका मोक्षकर्ता,निरन्तर गर्जने,अद्वितीय वीर इन्द्रले शत्रुहरुका सैकडौँ सेनालाई एक साथ जिते भन्ने इन्द्रसुक्तको कथनले असुर प्रवृत्ति माथि बिजय पाउन भगवान इन्द्रको शक्ति र आराधना महत्त्वपूर्ण रहेको प्रष्ट हुन्छ।” ॐ यो रूद्र स भगवान यश्चेन्द्रस्तस्मै वै नमो नम: ।
” जो रूद्र हुन वहाँ नै भगवान हुन र वहानै इन्द्र हुनुहुन्छ भन्ने शिव अथर्वशिर्षको कथनले इन्द्रेश्वर महादेवको महत्त्व स्वराज्यका लागि बुझ्न सहज बन्दछ।इन्द्रेश्वर महादेवमा गरिएको इन्द्रसुक्त पारायणले असुरप्रवृत्ति माथि बिजय पाउँदै सुशासन र समृद्धि सम्भव हुनेछ । बिष्ट परिवार,जनप्रतिनिधि ,टोल समिति तथा भक्त समुहको सकृयतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
