काठमाडौँ| नेपालको आर्थिक सम्वृद्धि र शान्त नेपालमार्फत् विश्वशान्तिको सङ्कल्प लिएर नेपाल महर्षि वैदिक फाउण्डेसनले यही कार्तिक २१-२५ सम्म भृकुटीमण्डप काठमाडौँमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१ को आयोजना गर्ने भएको छ। विज्ञान र प्रविधिको चरमोत्कर्षले बिभिन्न परिणाम देखा पर्न थालेपछि प्राचीन वैदिक सभ्यताको सनातन सान्दर्भिकताबारे विश्वव्यापी चासो र चर्चा बढ्दै गएको सन्दर्भमा शङ्ककरावतार भगवान् शङ्कराचार्यद्वारा स्थापित चारपीठमध्ये ज्योतिर्मठका पीठाधीश अनन्तश्री विभूषित जगत्गुरु शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीज्यू (२१ डिसेम्बर १८७०-१२ जुन १९५३) त्यसपीठका पीठाधीशका रूपमा १६५ वर्षदेखि रिक्त शङ्कराचार्य पदमा १ अप्रिल १९४१ मा आसीन हुनुएको ऐतिहासिक पृष्ठभूमिलाई आधार मानेर उहाँको आध्यात्मिक उदयपछि भारतवर्षमा भएको वैदिक पुनरुत्थानको व्यापक अभियानको सफलता र प्राप्तिको आधारमा यस महायज्ञ आयोजना गर्न लागिएको हो।
सोही कालखण्डमा दोस्रो विश्वयुद्ध चर्कंदै गएपछि विश्वयुद्धको विभीषिकाले लाखौँलाख मान्छे मर्न थालेकाले शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीले विश्वकल्याणार्थ विश्वयुद्ध रोक्न दुई हजार ब्राह्मणहरू तथा दश हजार भक्तहरूद्वारा कोटीहोम महायज्ञको आयोजना गर्नुभयो र त्यस सफलताको समाचारले विश्वब्यापी हलचल ल्याएपछि यही महत्त्वका आधारमा यसपटक नेपालमा महायज्ञ हुन लागेको फाउन्डेसनले जानकारी गराएको छ। महायज्ञ बारे आधिकारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहराज्य मन्त्री तथा फाउन्डेसनका अध्यक्ष दिपक प्रसाद बाँसकोटाले स्वर्ण महोत्सवका कार्यक्रमहरू ऐतिहासिक र स्मरणीय रहने बताउनुभयो । कार्यक्रम तालिका अनुसार कार्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको समुद्घाटन तथा नेपालका मौलिक साँस्कृतिक झाँकी तथा १०८ शंखघण्टसहित भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै शोभायात्रा हुने र महोत्सवको समुद्घाटनमा १०८ दीप प्रज्ज्वलनसहित कन्यापुजन पनि गरिनेछ। कार्तिक २२ – २४ गते ३ दिनसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन हुनेछ। त्यसैगरी कार्तिक २२ गतेदेखि २५ गतेसम्म १,१११ वैदिक वटुक तथा पण्डितद्वारा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ र कार्तिक २२ गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान तथा बेलुका योग र ध्यान कार्यक्रम सञ्चालन हुनेछन् ।
सन्त महात्मा तथा विशिष्ट व्यक्तित्त्वहरूबाट आध्यात्मिक एवं दार्शनिक प्रवचन, हरेक साँझ भागवत कथासारको प्रवचन, महर्षि महेश योगीद्वारा तात्कालीन समयमा एअरफोनमार्फत् भावातीत ध्यान सिक्ने जीवित ध्यानीहरूलाई सम्मान पनि गरिनेछ । महायज्ञका खास आकर्षण तथा विशेषताहरूमा अतिरुद्राभिषेक,विभिन्न वैदिक सूक्त तथा स्तोत्रहरूको पाठपारायणहरूको श्रवण गर्ने अपूर्व अवसर, प्राचीन वैदिक महायज्ञ दर्शनको सुवर्ण अवसर,सन्त महात्मा तथा विशिष्ट व्यक्तित्त्वहरूबाट आध्यात्मिक एवं दार्शनिक प्रवचन,वैदिक विज्ञान सम्बन्धी ज्ञान हासिल गर्ने अवसर,भावातीत ध्यान तथा सिद्धि साधक वैदिक बटुक पण्डितहरूद्वारा गरिने वैदिक अनुष्ठानको दर्शन आदि रहने बताइएको छ।
14th May 2019 , 9:38 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
10th Apr 2025 , 1:56 am
9th Apr 2025 , 8:04 am
14th May 2019 , 9:38 am