Thursday 22nd January 2026

भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति पुगे पाल्पा

लुम्बिनी । ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पाको सदरमुकाम तानसेन आइपुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई स्वागत गरे । रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि जात्रामा सहभागी हुन पाल्पा आएका छन् ।

हरेक वर्ष तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा भगवती रथ यात्रा हुने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजिरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले राष्ट्रपति पौडेलले विजयोत्सव एवं भगवती रथजात्रा अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार भगवतीको रथ निकालिने दिन आज मंगलबारनै अमननारायणको समेत रथ निकालिने भएको छ ।

यस वर्ष भगवती र अमननारायणको रथ निकाल्ने तिथि एकैदिन परेको छ । भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमापछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ । भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले बताए ।

नेपाली सेनाले तत्कालीन समयमा चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ । कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...