मंगलादेवी सिंहको २८औं स्मृति दिवस

काठमाडौं । नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइएको छ ।
स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलादेवीका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । उनले मंगलादेवीको योगदानको चर्चा गरे ।
कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरुका लागि प्रेरणा रहेको बताइन् ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरुका लागि प्रेरणा रहेकोभन्दै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताइन ।


महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो । उाले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार भएका थिए ।