Friday 17th April 2026

भक्तपुरमा हुने धेरै नाचमध्ये प्रसिद्ध महाकाली नाच प्रदर्शन गरिएको छ ।  

भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २८ वर्षपछि महाकाली नाच प्रदर्शन भएको छ । 
हरेक वर्ष सञ्चालन हुदै आएको सो नाच अर्थ अभावका कारण २०४६ सालदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका ५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइएको हो । 

पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयम् प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रुपमासमेत महाकाली नाचलाई लिने गरिन्छ । यो नाँच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु गरिएको थियो । उक्त ऐतिहासिक नाँच दिगुटोल, चपाचो, वाननीलगायतका स्थानमा देखाइएको थियो जसमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव, कावाख्‍या तथा माक देवगण गरी बिभन्नि देवीदेवतालाई नचाइएको थियो । जीव जिवात्माहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने मान्यताका साथ उक्त नाच देखाइने गरिएको स्थानीयहरुको भनाइ छ ।

मध्यपुरथिमिलाई भूतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको नाच देखाउने परम्परा रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...