Friday 6th March 2026
लघुकथा समाजद्धारा पुरस्कार तथा सम्मान प्रदान
काठमाडौ । लघुकथा समाज,नेपालले हरेक बर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’साहित्यकार आरआर चौलागाईलाई प्रदान गरेको छ ।
समाजको १७ औं स्थापना दिवसको अवसरमा आज सर्वनाम नाट्यकेन्द्रमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाटककार एवं कवि अशेष मल्ल,समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त सम्मान चौलागाईलाई अर्पण गरे । यसैगरी नगद दशहजार रकम स्व.कथाकार पूर्णप्रसाद ब्रम्हाणका सुपुत्र उप-प्राध्यापक दिनेश शर्मा तथा सुपुत्री निर्मला शर्माले चौलागाईलाई समर्पण गरे ।
लघुकथा समाजद्वारा जारी विज्ञप्तिअनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान, २०८१’ हेटौँडाका लघुकथाकार आर.आर. चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ भक्तपुरका लघुकथाकार श्याम आशालाई प्रदान गरिने भएको छ ।
प्रमुख अतिथि वरिष्ठ नाटककार मल्लले सम्मान पाउने चौलागाईलाई बधाई दिंदै वि.सं.२०३१ सालतिर भारतबाट निस्कने सारिका,धर्मयुग जस्ता पत्रिकाहरुले छापेका चोटिला कथाहरुबाट प्रभावित भएर आफुहरुले विराटनगरमा संकलित संग्रह निकालेको बताए । विधामा नाम के दिने भन्ने कुरामा दुविधा हुँदा रेच्की गल्प भनिएको अनुभव सुनाए । उनले आजका चरम वैज्ञानिक विकासको युगमा पढ्ने होइन सुन्ने दिन आइसकेकोे छ । तर हामी भने किताव निकाल्न हतार गरिरहेका मात्र हुन्छौं भन्दै मल्लले पठन संस्कृति विकास गर्न जोड दिए ।
लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
समितिको सिफारिस अनुसार दुबै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ। दुबै पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने समाजको विज्ञप्तिमा उल्लेख छ। लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने जनाएको छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
