Saturday 2nd May 2026
अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई ९५ संस्थाको अभिनन्दन
काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अभिनन्दन गरियो ।
एक भव्य कार्यक्रमका विच नेपाल प्रज्ञा प्रतिष्ठानमा घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण गरियो ।
कार्यक्रममा विगत ६० वर्षभन्दा अघिदेखि साहित्यिक पत्रकारितामा अविछिन्न क्रियाशिल घिमिरे सहित उनकी धर्मपत्नि सुष्मिता घिमिरे समेतलाई प्रमुख अतिथि अभि सुवेदी लगायतले अभिनन्दन गरे ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा समाजको आयोजन तथा गुठीको सह आयोजनमा सम्पन्न बृहत् समारोहमा घिमिरलाई कलात्मक ताम्रपत्रसहित अभिनन्दन गरियो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी लगायतका अग्रज व्यक्तित्वले घिमिरेलाई अभिनन्दन गरे । उक्त अवसरमा घिमिरे पत्नी सुष्मिता घिमिरेको पनि उपस्थिति थियो ।
अभिनन्दनपत्रलाई कवि विधान आचार्यले वाचन गरी सुनाएका थिए । ९६ वटा विभिन्न साहित्यिक संस्थाहरू तथा साहित्यिक पत्रिकाहरूबाट सामूहिक रूपमा अग्रज साहित्यकार रोचक घिमिरेलाई अभिनन्दन पनि गरिएको थियो ।
कार्यक्रममा रोचक घिमिरेका बारेमा विभिन्न विद्वानहरूद्वारा अभिव्यक्त गरिएका लेखहरूको सङ्कलन ‘रोचक रचना’ अभिनन्दन ग्रन्थ’को पनि विमाोचन गरिएको थियो ।
लोकार्पित ग्रन्थमाथि डा.शान्ति माया गिरीले संक्षिप्त समीक्षात्मक टिप्पणी पेश गरेकी थिइन् भने ग्रन्थका सम्पादक शेषराज सिवाकोटीले गन्थ्रका बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराई, रमा शर्मा र मोहन दुवालले शुभकामना मन्तव्य राखेका थिए । भैरव पुरस्कार गुठीका उपाध्यक्ष विजय चालिसेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन समाजका महासचिव देविका तिमिल्सिनाले गरेका थिए ।
अभिनन्दित व्यक्तित्व रोचक घिमिरेलाई एक साता अघि मात्र साहित्यिक पत्रकार सङ्घले पनि अभिनन्दन गरेको थियो । कार्यक्रम कक्ष साहित्यकार तथा साहित्य प्रेमीहरूको उपस्थितिले खचाखच भरिएको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
