Tuesday 20th January 2026

नेपालबाट थप २५१ मेगावाट बिजुली भारत निर्यात हुने

काठमाडौँ- भारतले १२ जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको छ। नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। २५१ मेगावाट निर्यातका लागि अनुमति पाउनुअघि नेपालले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो। योसँगै नेपाल खुद आयातकर्ताबाट विद्युत् निर्यातकर्ता बनेको थियो। यसअघि नेपालले १६ वटा परियोजनाबाट ६९० मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो। अब २८ वटा परियोजनाबाट निर्यात गर्न थालेको छ। योसहित नेपालबाट भारतमा ९४१ मेगावाट बिजुली निर्यात हुनेछ।

भारतीय परराष्ट्रमन्त्री  एस जयशंकरले नेपालबाट एक हजार मेगावाट विद्युत् निर्यात हुन लाग्नु खुसीको कुरा रहेको बताएका छन्।  भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा परराष्ट्रमन्त्री  एस जयशंकरले उक्त कुरा बताएका हुन्।सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा बढीले बढेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य लिएको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगवाटसम्म बिजुली बिक्री गरिने उल्लेख छ। दूतावासका अनुसार सम्झौताको पहिलो वर्षमै १ हजार मेगावाट बिजुली निर्यात भइसकेको छ। नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौताको चरणमा थियो। गत साउन १३ गते नै हस्ताक्षरको योजना बने पनि पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका कारण हाल उक्त सम्झौता स्थगित अवस्थामा छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...