भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ ।
भक्तपुरको दरबारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने बताए । नगरमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरू प्रदर्शनीका लागि नगरवासीहरुलाई उत्साहित गर्नका लागि सबै वडामा सांस्कृतिक भेला आयोजना गरिएको भन्दै प्रजापतिले भाद्र १ गतेसम्म सबै तयारी सम्पन्न गर्ने जानकारी दिए ।
भक्तपुरमा प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । त्यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ । भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने नगरपालीकाले जनाएको छ । भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । भक्तपुरको मुख्य आकर्षण घिन्ताङघिसी नाचलाई लिइन्छ ।