Wednesday 11th March 2026

भक्तपुरमा गाईजात्राको तयारी तीव्र

काठमाडौँ –  भक्तपुरमा यस बर्षको गाईजात्रा पर्व (सापारु) को तयारी तीव्र पारिएको छ ।

भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ ।

भक्तपुरको दरबारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने बताए । नगरमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरू प्रदर्शनीका लागि नगरवासीहरुलाई उत्साहित गर्नका लागि सबै वडामा सांस्कृतिक भेला आयोजना गरिएको भन्दै प्रजापतिले भाद्र १ गतेसम्म सबै तयारी सम्पन्न गर्ने जानकारी दिए । 

भक्तपुरमा प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । त्यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ । भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने नगरपालीकाले जनाएको छ । भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । भक्तपुरको मुख्य आकर्षण घिन्ताङघिसी नाचलाई लिइन्छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...