Thursday 30th April 2026
सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं । अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ ।अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार ९भेरिएन्ट० र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
एमपक्स प्रजातान्त्रिक गणतन्त्र कंगोमा व्यापक फैलिएको छ। यो भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीँबाट अन्य देशहरूमा फैलिएको छ।डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको बताए।यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउने विज्ञले बताएका छन्।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
