Thursday 22nd January 2026

‘नरसिंहा’मा सनिशा भट्टराई

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ ।

यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् ।

निर्माणपक्ष र उनीबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको जानकारी सनिशाले दिइन् ।

सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ । 

यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ ।  यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

यस फिल्ममा निती शाह पनि यसअघि नै अनुबन्धित भइसकेकी छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...