Wednesday 11th March 2026

आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको अध्यक्षमा गोपाल साह

काठमाडौं ।
आम जनता पार्टी (आजपा) निकटको आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको प्रथम राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाले गोपालप्रसाद साहको अध्यक्षतामा राष्ट्रिय कमिटी गठन भएको छ ।

तेस्रो जनआन्दोलन तयारी स्वरुप भएको सो भेलाबाट उपाध्यक्षमा मनोजकुमार कर्ण, कपिल टुंगेल, रचना न्याइच्याई, प्रदिप साह, महासचिवमा अनन्त रंजन साह, उपमहासचिवमा निरजकुमार साह, गोपाल कर्ण, अनिल साह, सचिवमा सविन्द्र दास र राम अवतार यादव सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रेम कुमार साह, राप्रित साह, बिजया श्री बरुण, श्रीजना होना, अरुणकुमार साह, रमेश साह, कृष्ण पञ्जियार, मनिषकुमार साह, रामशंकर महतो, रितु राज साह, श्यामकुमार यादव, चन्दनप्रसाद साह, ललेन्द्र इसर, रविन्द्रकुमार साह, संजीवकुमार दास, रुपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, निरज साह, राजेश रविदास, संजीव यादव, खगेन्द्र साह, रन्जित साह, गोविन्दप्रसाद गुप्ता, दिलीप साह, अनिल साह, योगेश कर्ण, श्याम साह, अनिशा न्याइच्याई, रिशव साह, गोविन्द्रप्रसाद साह लगायतका रहेका छन् ।

भेलाका उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । भेलामा देशैभरीका इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...