काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ।
‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाउन लागिएको हो ।
सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।
दरबारमार्गस्थित एक होटलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा गठित मूल समारोह समितिले विषेश कार्यक्रम गर्दैछ ।
राष्ट्रिपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहान साढे ९ बजे मूल समारोह शुरु हुने राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।
सन् १९९९ को डिसेम्बर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउन थालिएको हो ।