Saturday 2nd May 2026
कथा यात्रामा हिरण्यकुमारीको कथनी
काठमाडौं । नेपाली आख्यानको माध्यामबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकको ८० औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पुरानो बानेश्वर थापाको स्थित निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए ।
उक्त अवसरमा कथाकार पाठकले बालमनोविश्लेशणात्मक,अति यथार्थ र अनुभूतिहरू मिश्रीत कथा ‘काले’ वाचन गरिन।
कथाकारको कथनीमा सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकले आफ्नो घरानिया साहित्यिक र शिक्षित बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको सुरुवाती संघर्ष, कथा लेखनमा आफ्ना बुबा तोत्रराज पाण्डे र ठूलोबुबा रुद्रराज पाण्डेको प्रेरणा र कथाकार परशु प्रधानको प्रभाव र सहयोगको सिलसिला, कथा लेखनमा प्राप्त स्थान र पाठकहरुको मायाको फेहरिस्त सुनाइन।
कथाकार हिरण्यकुमारी पाठकले आफ्नो बाल्यकाल भारतीयभूमीमा बिताएको र जीवनमा आउने अनेक मोडहरूले पुन नेपालमै ल्याएका कुराहरू बताउँदै कथाकार संगिनीद्वय पद्मावती सिंह र भागिरथी श्रेष्ठसंगको साहित्यिक दोस्तीको प्रेमील स्मरण गर्री गुन्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गरिन।
बैकिड क्षेत्रमा कार्यरत हिरण्यकुमारी पाठकले नेपालको इतिहासमा पहिलो मेनेजर बन्दै अनेक अनुभूतिहरू संगालेर सामाजिक सेवा परिसदको कोषाध्यक्ष बनि रानी ऐश्वर्यसंग देशका दुर्गम स्थलहरूमा उद्यमशीलताको बिकासमा खटिएका दिनहरूको पनि स्मंरण गरिन्
। हिरण्यकुमारी पाठकको १६ थान विविध कृतिहरू प्रकाशित छन् । निरन्तर कथा लेखिरहने हिरण्यकुमारी पाठकका आख्यानहरूमा समाज र वस्तुलाई नजिकबाट देखि वा छोई अतियथार्थको नजिकबाट लेख्ने स्वभाव रहेको छ ।
कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । कथाकारको कथनीमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा.हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी कथा यात्रीको रुपमा रहेका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
