Thursday 22nd January 2026
टिमुर के हो ? यस्ता हुन्छन् औषधीय गुण
प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ ।
जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
डोटी जिल्लामा टिमुर खेतीको पर्याप्त सम्भावना भएपछि स्थानिय युवाहरु पछिल्लो समय व्यावसायिक रुपमा टिमुर खेतीमा लागेका छन् । जिल्लाको जोरायल गाउँपालिका वडान. ५ गड्सेराका किसान लिलाधर विष्ट सहितको युवा टोलीले गाएमा आफनो छुट्टै समूह बनाएर अहिले व्यावसायीक रुपमा तिमुर खेतीको सुरुवात गरेका छन् । किसानहरुलाई टिमुरको उपयोगिता, बजार, टिमुरका विषयमा ज्ञान दिनका लागि आफुहरुले सो व्यवसाय सुरु गरेको किसान लिलाधर विष्टले बताए । उनले भने–‘टिमुरको वारेमा डोटीमा खासै ज्ञान नभएको र प्रसस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफुहरुले सामुहिक रुपमा टिमुर खेती गर्न थालेका छौ,टिमुर फलाउन सके यस्को राम्रो आम्दानी छ ।
नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ। विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।
टिमुर खानुका यस्ता छन् फाइदाहरू:
– टिमुरले दाँत दुख्ने समस्यामा राहत मिल्छ ।
– आयुर्वेदिकका अनुसार दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजीर्ण, हैजा आदी समस्यालाई निको पार्ने काम गर्छ ।
– टिमुरले न्यून रक्तचाप भएका व्यक्तिलाई पनि फाइदा पुर्याउने गर्छ ।
– गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा टिमुरको तेलले मसाज गरि निको गराइन्छ ।
– टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।
-टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ ।
– टिमुरले यसले भोक जगाउने काम गर्छ ।
– पेट दुखेमा पेटमा ग्यास भरिएमा पनि टिमुरको प्रयोग गर्दा राम्रो हुन्छ ।
– टिमुरले रुघाखोकी ठिक गर्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
