Thursday 22nd January 2026
मुलुकभर २७ जनामा हैजा पुष्टि, उपत्यकामा सबैभन्दा बढी
काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो ।
सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो ।
साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ। सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।
काठमाडौँ उपत्यकामा खानेपानीको स्रोतमा ढलको पानी मिसिएर हैजाको प्रकोप फैलिएको छ । डा. पौडेलले हैजा लागेको व्यक्तिले प्रयोग गर्ने धारा प्रयोग गरेमा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानी प्रयोग गरेमा, हैजा भएको व्यक्तिको संसर्गमा रहेमा हैजा फैलने बताउनुभयो । उहाँले हैजा दूषित पानीका माध्यमबाट सर्ने भन्दै बासी खानेकुरा, नपकाएको खानेकुरा खाँदा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्ने बताउनुभयो । हैजा हुँदा पानीजस्तो पातलो दिसा आउने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
