Wednesday 11th March 2026

कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल बनिन् कथा वाचिका चन्द्रकला

काठमाडौं– पशुपतिमा जारी कोटीहोममा एकपछि अर्का सुन्दरी कथा वाचिका आउने क्रम जारी छ ।

भारतलाई कर्मभूमि बनाएर पढिरहेकी देवी प्रतिभा बृन्दावन फर्किएलगत्तै बेलायताबाट अर्की कथावाचिका चन्द्रकला सखी आएकी छन् ।

चन्द्रकला भने कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भएको बताएसँगै त्यसलाई बुझ्ने नबुझ्ने दुवैले हाँसोको समेत विषय बनाएका छन् ।

गोरुले मयूर (पंक्षी) लाई प्रिय मानेर भोजनका रुपमा खाने गरेको कथामा सुनाएपछि अनेक अर्थ लगाएर उनलाई उडाउने काम भइरहेको छ ।

चन्द्रकलाले बोलेको यस्तो थियोः

शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्पलाई धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह । कार्तिकेयको बहान हो मयूर । फेरि गणेशजीको बहान हो मुसा । त, सिंह जो छ, साइन्समा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, कि सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने भनेको मुसा हो । तर, शिव परिवारभित्र एक-आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकौं जातजाति त छौं, सबैले एकसाथमा मिलेर बस्न सक्छौं । मिलेर बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?

विपरीत स्वार्थ र रुचि बोकेकाहरू पनि एउटै समाजमा मिलेर बस्न सक्छन् भन्ने दृष्टान्त दिन सखीले भगवान् शिव परिवारको प्रसंग निकालेकी हुन् । तर, ‘गोरुको आहारा मयूर’ हो भन्ने शब्दलाई मात्रै टिपेर टिकाटिप्पणी गरिएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...