Thursday 22nd January 2026
शास्त्रीय संगीतका गुरु कामतको निधन
काठमाडौँ- शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा उनको मृत्यु भएको हो।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत ६९ वर्षका थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए।
कामतको आज बिहान साढे ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको थियो ।
पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका कामतले काठमाडौं डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका थिए । तीन छोरा, एक छोरी र श्रीमती रहेका कामतको बिहीबार दिउँसो २ बजेतिर स्थानीय सरस्वती खोलामा दाहसंस्कार गरिने जनाइएकाे छ ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
