Wednesday 11th March 2026

२० जनामा हैजा पुष्टि, सरसफाइमा ध्यान दिन आग्रह

काठमाडौँ, साउन १६ गते । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि देशभरका विभिन्न जिल्लामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले साउनयता काठमाडौं, ललितपुर र कैलालीमा २० जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।

वर्षाको समयमा बाढीपहिरोका घटनाहरुले पानी तथा सरसफाईका पूर्वाधारलाई पार्ने नकारात्मक असरका कारण नेपालमा हैजा सङ्क्रमण हरेक वर्ष देखिने डा.बुढाथोकीको भनाइ छ ।

डा. बुढाथोकीका अनुसार हैजा अति सङ्क्रामक र छिटो फैलने झाडापखाला हो । पातलो चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हैजाका प्रमुख लक्षण हुन् ।

हैजा सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउदा आँखा गाडीने मुख जिब्रो र घाँटी सुख्खा  हुने, पिसाब रङ्ग पहेलो  हुने, चिडभिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन  अनियन्त्रित हुने र बेहोस हुने जस्ता गम्भीर लक्षण देखिने गर्दछन् ।

यस्तो स्वास्थ्य संस्थामा नपुगे ५० प्रतिशत मृत्युदर हुने डा.बुढाथोकी बताउनुहुन्छ ।  डा. बुढाथोकीका अनुसार हैजा सङ्क्रमित ८० प्रतिशतमा मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिसा हुने र पानीको अभाव तीव्र लक्षण देखिने डा.बुढाथोकीको भनाइ छ । 

गर्मी तथा वर्षयाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी रोगहरु फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरु सहज र सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ ।

प्रवक्त बुढाथोकीद्वारा जारी विज्ञप्तिमा रोगीको मलमुत्रबाट पानीको मुहनलाई जोगाउन, झिगा लागेको बासी, सडेगलेको, नपाकेका, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान उहाँले उल्लेख गर्नुभएको छ ।

पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र व्यक्तिगत सरसफाई तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान पु¥याउन उहाँका सुझाव छ ।

दिसा पिसाब गर्न चर्पीको प्रयोग गर्ने र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुन उहाँले अनुरोध गर्नुभयो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...