Thursday 22nd January 2026
उपयोगी पान :खाँदाका फाइदा !!
प्रस्तुति -पवित्रा पौडेल दवाडी
पान भन्ने वित्तिकै साधारणतया अम्मलको रुपमा लिने गरिन्छ । हरेक चोक गल्लीमा पाइने पान अम्मल मात्र नभई यसको सही उपयोग गर्न सक्यो भने यो उपयोगी औषधी पनि हो । मठमन्दिर, पुजापाठमा समेत चढाइने पान तराईमा अलिक वढी लोकप्रिय छ । तराईको जीवनशैलीस“ग पानको सम्वन्ध छ भन्दा नि अत्युक्ति नहोला । पहाडी क्षेत्रमा भने ऐच्छिक वस्तुका रुपमा केही ब्यक्तिले मात्र पान खाने गरेको देखिन्छ । विशेषतः तिहारमा दिदीले भाईलाई दिने उपहार र मरमसलामा चाहि“ पान प्रायः अनिवार्य जस्तै प्रयोग गरिन्छ । कसै कसैले अलिम वढी विशेषता वोकेको पानलाई वनारसी पान पनि भन्ने गर्दछन् । यस अंकमा आयुर्वेद जानकारी अन्तरगत पानको उपयोग वारे लेख्ने कोशिस गरेकी छु ।
१) पानको पातमा १ देखी २ ग्राम ज्वानो बेरेर खाने र त्यसपछी एक गिलास मनतातो पानी पिएमा श्वासप्रश्वास रोगमा
फाइदा मिल्छ ।
२) पानको पत्ताले एसीडिटी भगाउछ र पाचन प्रकृयालाई ठिक गर्छ । पानको पत्तालाई खाएमा पेट फुल्ने र ग्यासको
समस्या भगाउछ ।
३) पानको पत्ताले युरिनरी सिस्टमलाई पनी ठिक गर्छ र किड्नी र पिसावथैली सग सम्वन्धित समस्या ठिक गर्छ ।
४) ज्वरो आएमा पानको पत्ताको रस एक चम्चा दिनको तिनपटक खाएमा ज्वरो ठिक हुन्छ ।
५) मुखभित्र खटिरा आएमा वा स्वर विग्रिएमा पानको पत्ता चवाएमा फाइदा मिल्छ ।
६) १ देखि २ थोपा पानको पत्तँको रस दिनहु आखामा राख्ने गरेमा आखाको ज्याती बढ्छ । र रतन्धोको समस्या हट््छ ।
७) पानको पत्ता चवाएमा मुटुलाई पनि फाइदा मिल्छ व्लडप्रेसर नियन्त्रण गर्छ र यसले मुटुलाई पोषण प्रदान गर्छ ।
८) पेटमा पर्ने किरा मार्नको लागीपनि पानको पत्ता प्रभावकारी छ ।
९) खानापछि पान खाएमा खाना राम्ररी पच्ने, पेट सफा हुने गर्दछ ।
१०) पानको पत्तामा प्रयोग गरिने चुना हाम्रो शरिरको हड्डीको लागि पनि उपयोगी छ ।
११) पानको पत्तामा गाइको ध्यू मिलाएर खाएमा पौरुषत्व प्राप्त हुन्छ ।
उपयोगी पानलाई वुझेर प्रयोग गरौं । अडकल गरेर सेवन गरौं ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
