Wednesday 11th March 2026
चलचित्र विकास बोर्डको अध्यक्ष बन्न चाहने यी हुन
काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला खाली छ । साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै पद खाली रहेको हो ।
अध्यक्ष पदलाई लिएर अहिले विभिन्न चलचित्रकर्मीले राजनीतिक भेटघाट बढाएका छन् । विशेष गरेर सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकटका चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्ने दौडधुपमा छन् ।कांग्रेस–एमालेको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङ छन् । चलचित्र विकास बोर्ड सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको संस्था हो । त्यसैले एमालेभित्रकै चलचित्रकर्मी बढी दौडधुपमा छन् ।
अध्यक्षको दौडमा अहिले विशेष गरेर ५ जना अगाडि देखिएका छन् । सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा बोर्डको अध्यक्ष बन्ने दौडमा अगाडि देखिएका छन् । यी सबै आ–आफ्नो नजिकका नेता तथा शक्ति केन्द्रमा धाइरहेका छन् । अध्यक्षका लागि आवदेन दिने समय अझै बाँकी रहेकाले आकाङ्क्षी बढ्न सक्ने अनुमान गरिएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
