Wednesday 11th March 2026
दुर्गेश थापाको ‘झुम्का हरायो’को प्रिमियर भव्यताका साथ सम्पन्न
काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको नयाँ तिज गित ‘झुम्का हरायो’ को प्रिमियर शो भव्यताका साथ समपन्न भएको छ ।
आइतबार आइप्लेक्स मलमा आयोजित प्रिमियरमा विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो ।
उक्त गितमा लय शब्द दुर्गेश स्वयमकै छ भने आवाजमा गायिका शान्ति श्री परियार र पशुपति शर्माको रहेको छ ।
साथै गितमा दुर्गेश थापा, प्रियंका कार्की, गरिमा शर्मा, पेमा लामाको अभिनय रहेको छ ।
उक्त प्रिमियर शो पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका प्रियंका कार्कीले दुर्गेशसँग काम गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।
उनले यो रिल जोडी साच्चिकै नै सुहाएको जिकिर गरिन् । उनले भनिन्, ‘यो टिमसंग काम गर्ने मौका मिल्यो, नाच्दाखेरी कता कता हाम्रो सबै खाले कुराहरु मिलेको छ, जोडी पनि मिलेको छ, यो भिडियो हेर्दा म आफैं छक्क परेकी छु ।’
यस्तै दुर्गेश थापाले गायक पशुपति शर्माको आफू ठुलो फ्यान भएको बताएका छन् । उनले गायक शर्माले एक रुपैयाँ नलिएर काम गरेको समेत खुलाएका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
