Sunday 12th April 2026

जनकपुर श्री जानकी आँखा अस्पताल पुनः विवादमा


जनकपुरधाम | पटक पटक विवादमा आइरहने जनकपुरको श्री जानकी आँखा अस्पताल पुनः एक पटक विवादकै कारण चर्चामा छ।

केही दिन यतादेखि अस्पतालमा ताला लागेसँगै चिकित्सकीय सेवा प्रभावित भएको छ।

केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरूले अस्पताल सुधारका लागि दबाबको सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलीय तथा सर्वपक्षीय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन उग्र रूप लिएको हाे।

अहिले आएर दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएको छ। सर्वपक्षीय समितिले अस्पताल भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको आरोप लगाएको छ।

नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ।

यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंहलगायतका अस्पताल प्रशासन पक्षले समेत पत्रकार सम्मेलनको आयोजना गरेर सम्पूर्ण अरोपको खण्डन गरेको छ ।

अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि छन् । सिंहले नियमावलीअनुसार निवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिककका पूर्वअध्यक्ष डा. विजय सिंहलाई पदेन सदस्यमा राखेका छन् । सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एकलौटी निर्णय गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ । 

यसका साथै डा. रञ्जना ठाकुरलाई मधेशको स्वास्थ्य मन्त्रालयले आँखा अस्पतालमा २९ साउन २०८० मा काजमा खटाएको र पछि मन्त्रालयले नै काज फिर्ता लिएको डा. बोहोराले बताए । बोहोराले अस्पतालको खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसमेत निराधार रहेको दाबी गरेका छन् ।

उक्त समितिले १५ दिनभित्र आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...