Friday 6th March 2026
राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे । राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे ।
राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे । ओभल अफिसबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा बाइडेनले देशमा नयाँ सोच र नयाँ आवाजको लागि ठाउँ रहेको बताए ।
बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन आफू सबैभन्दा राम्रो उम्मेदवार भएको हप्तौंदेखि जोड दिइरहेका थिए । तर, अचानक उनले दौडबाट पछि हटेको घोषणा गरेका हुन् । यस्तो अवस्थामा, यस भाषणको माध्यमबाट, बाइडेनले पहिलो पटक जनतालाई प्रत्यक्ष सम्बोधन गरे र आफ्नो निर्णयको कारण बताए ।
बाइडेनको यो सम्बोधनमा सारा विश्वको नजर अडिएको थियो । उहाँ कोभिड संक्रमणबाट निको भएर एक दिनअघि नै ह्वाइट हाउस फर्किनुभएको थियो । यसअघि पूर्वराष्ट्रपति र रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको एक दिनपछि बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।
बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन उल्लेख गर्दै आफ्नो भाषणको अन्त्य गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘म हाम्रा महान उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिन चाहन्छु । उहाँ अनुभवी हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । उहाँ सक्षम हुनुहुन्छ । उहाँ मेरो लागि एक अद्भुत साझेदार र हाम्रो देशको लागि एक नेता हुनुहुन्छ ।’
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
