नेप्सेमा १६ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज (बुधबार) नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो ।

आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ एक दशमलव २१, विकास बैंक शून्य दशमलव ५६, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन एक दशमलव २४ र लघुवित्त एक दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव १४ र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (तराई) लिमिटेड र एसियन हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड सात लाख ४६ हजार चार सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १३ लाख ७६ हजार सात सय ९४ कित्ता शेयर किनबेच भएको छ ।

चिरख्वा हाइड्रोपावरका. ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घटेको  छ ।