Thursday 22nd January 2026

विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

काठमाडौं । ।  दुर्घटनाको कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो।

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।

कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...