Thursday 22nd January 2026
पेन नेपालको साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

लेखकहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरनेशनलको नेपाल च्याप्टरको साधारणसभा सम्पन्न गरिएको छ।पेन नेपालका अध्यक्ष प्रा.राम कुमार पाँडेको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिती समेत चयन गरेको छ।पेनको विधान अनुसार नयाँ निर्वाचित कार्य समितिको अध्यक्षमा भीष्म उप्रेती,उपाध्यक्षमा हिरण्य कुमारी पाठक र महासचिवमा डा.मित्रबन्धु पौडेल निर्वाचित हुनुभएको छ। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत द्वय शिरोमणि दवाडी तथा शुष्मा चित्रकारले पदको आधिकारिकता घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो ।
साधारण सभाको औपचारिक सत्रलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा भाषाविद चुणामणि बन्धुले पेन अन्तर्राष्ट्रिय संस्था भएकोले त्यसको गरिमालाई कायम राख्दै भाषा साहित्यलाई अन्तर्राष्ट्रिय करण गर्न नेपाल कृतिलाई अनुवाद गर्नु आवश्यक रहेको बताउनुभयो । भविष्यमा सम्पूर्ण नेपाली साहित्य जगतको प्रतिनिधित्व गर्न संस्थागत रुपले कृयाशील हुन सुझाव पनि दिनुभयो । सोही अवसरमा पेन नेपालको अध्यक्षमा लामो समय अनुभव लिनुभएका प्रा.पाँडेले आफ्नो कार्यकालका गतिविधि,अनुभव र अनुभूति समेटेको पुस्तक “लिटेरेरी लिडरशीप” समेत बिमोचन गरिएको थियो।अध्यक्ष प्रा.पाँडेले पेनको कार्यसमितिको अवधी पाँच वर्षबाट छोट्याएर तीन वर्ष कायम गर्ने,नेपाली साहित्यलाई आधार बनाएर लेखिएको अंग्रेजी पुस्तकलाई वार्षिक पुरस्कृत गर्ने र विधानलाई समयसापेक्ष परिमार्जन गर्ने प्रस्तावलाई साधारण सभाको बहुमतले पारित समेत गरेको छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
