Wednesday 11th March 2026

पाँच साहित्यकारका पाँच कृति बिमोचन :

पाँच साहित्यकारद्वारा रचित अंग्रेजी तथा नेपाली भाषाका कृतिहरू एक साथ बिमोचन गरिएको छ। नेपाल हाइकु केन्द्र तथा साहित्य संचार नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रा. राम कुमार पाँडेको परम्परा कविता लेखनसँग सम्बन्धि अंग्रेजी पुस्तक,प्राध्यापक सीताराम अधिकारीको अंग्रेजी कविता संग्रह,डा यादब ढुंगाना तथा किशोर बज्र बज्राचार्यका सिँजो कविता तथा सावित्री रावलको हाइकु संग्रह बिमोचन गरिएको हो।

बिमोचन पश्चात् मन्तव्य राख्दै वरिष्ठ पत्रकार युबराज घिमिरेले भाषा साहित्यका साधकलाई उच्चकोटीको सम्मान रहने हुँदा त्यसकै मर्मलाई स्रष्टाले ग्रहण गर्नुपर्ने बताउनुभयो । अर्का वरिष्ठ पत्रकार जिवराम भन्डारीले समाजमा भएको पीडा,उत्पिडन र विकृतिलाई साहित्यकारले खुलेर औंल्याउनुपर्ने धारणा राख्नुभयो ।साहित्यकार द्वय डा. मित्रबन्धु पौडेल तथा प्रमोद प्रधानले पुस्तकहरूको समिक्षा गर्दै अध्ययन र अनुसन्धान पछि मात्र साहित्य साधनमा लाग्न सकेमा गहन सिर्जना गर्न सकिने कुरामा जोड दिनुभयो । हतार गरेर संख्यात्मक वृद्धि गर्ने भन्दा धैर्य गरेर प्रसस्त साधना गर्न सकेमा कुशल र असल कृति जन्मिन सक्ने उल्लेख गर्नुभयो । दुबै आयोजक संस्थाका अध्यक्ष रहनुभएका प्राध्यापक राम कुमार पाँडेले आगामी बैशाख ४ र ५ गते नेपालम परम्परा कविता लेखन सम्बन्धि अन्तर्राष्ट्रिय  सम्मेलन हुन लागेको जानकारी गराउँदै सिर्जनाको गुणस्तर र अनुभवका आधारमा साहित्यकारलाई समाजले पहिचान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा साहित्यक तथा सांगीतिक  सिर्जनाको प्रस्तुतिका साथै बिमोचित पुस्तकका सर्जकहरूले केही रचना समेत वाचन  गर्नुभएको थियो।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...