Thursday 22nd January 2026

चतराधाममा चैत २७ गतेदेखि एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला आयोजना हुने,सबै तयारी पूरा।

तस्बिर साभार :नेपाल टेलिभिजन

चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला आयोजना हुने भएको छ।
प्रधानमन्त्री कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले दिनुभएको जानकारी अनुसार धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बराह क्षेत्र नगरपालिका–१, स्थित चतराधाममा बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको हो।
उहाले सप्तकोशीको किनारमा रहेको चतराधाम धार्मिक र आध्यात्मिक दृष्टिकोणले समेत उत्कृष्ट पवित्रस्थल रहेको चर्चा गर्दै मेलामा सहभागी भई स्नान गरेमा सबैले पुण्य प्राप्त गर्ने धारणा राख्नुभयो ।
यो महाकुम्भ मेला नेपालको धार्मिक पर्यटकको आकर्षणको केन्द्रविन्दु समेत हुने गरेकाले यसबाट नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी धार्मिक पर्यटक एवं तीर्थालु भित्र्याउन नेपालले विशेष अभियान नै सञ्चालन गर्न सक्ने कुरालाई जगतगुरु देवाचार्यले जोड दिनुभयो। उहाँका अनुसार भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिनुभयो ।
बराह क्षेत्रमा विसं २०५९ देखि जगतगुरु देवाचार्यको पहलमा महाकुम्भको आयोजना हुन थालेको हो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ ।
जगतगुरुका अनुसार देवाचार्य पौराणिक व्यवस्था तथा मान्यतामा चताराधाम नै महाकुम्भको आयोजना गर्नुपर्ने स्थानका रुपमा उल्लेख रहेको छ । वैदिक सनातन धर्मग्रन्थहरुको अध्ययनबाट चताराधाम नै महाकुम्भको आयोजना गर्ने उचित स्थानका रुपमा पाएर यहाँ यो मेलाको आयोजना गर्न लगाएको उहाँले दाबी गर्नुभयो । यो महाकुम्भ नेपालमा आयोजना हुने एक उत्कृष्ट एवं पवित्र अनुष्ठान भएकाले यसमा सहभागी भएर धार्मिक एवं अध्यात्मिक लाभ लिन पनि जगतगुरु देवाचार्यले सबै नेपालीलाई आह्वान समेत गर्नुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा महाकुम्भ मेला तयारी समिति गठन गरिएको छ । सचिव पोखरेलले चतराधाममा हुन गइरहको महाकुम्भ मेला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण रहेको बताउनुभयो । उक्त क्षेत्र धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण स्थान रहेको र मेलामा आवतजावतका लागि भक्तजनलाई शान्तिसुरक्षा एवं आवश्यक अन्य व्यवस्थापन गरिसकिएको जानकारी सचिव पोखरेलले दिनुभयो ।
‘मेरो देशको तीर्थ, मेरो देशको सान, सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने नाराका साथ उक्त बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको हो । मेलाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको बताउंदै उहाँले महाकुम्भ मेला २०८० चैत्र २७ गते शुक्ल प्रतिपदादेखि २०८१ बैशाख २८ गते अक्षय तृतीयासम्म सञ्चालन हुने समेत जानकारी गराउनुभयो।
उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा. श्री गणेशप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा
नागरिक उड्डयन मन्त्रालयका सचिव डा. श्री दिपक काफ्ले, जगतगुरु आश्रम शंखमुलका अध्यक्ष श्री टीकाराम अर्याल,
कोषाध्यक्ष श्री भरत घिमिरे, विश्‍व हिन्दु परिषदका अध्यक्ष श्री देवराज अधिकारी लगायत सञ्चारकर्मीहरुको समेत
उत्साह पूर्ण उपस्थिति रहेको थियो।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...