Thursday 22nd January 2026

पाशुपत क्षेत्रमा अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन

काठमाडौं – पाशुपत क्षेत्रको हंसमण्डपमा शनिबार एकदिने श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहेको उक्त अन्तर्राष्ट्रिय सत्सङ श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले आयोजना गरेको थियो । शनिबार बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गरिएको हो । नासिकका पिठाधिश परमपूज्य गुरुमाउली श्री अण्णासाहेब मोरेले प्रवचन दिएका थिए । उनले भने, ‘सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य साथै नेपाल राष्ट्रको समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्ने अवसर नेपालस्थित श्रीपशुपतिनाथको आँगनमा आएर मिलेको छ ।’ उक्त कार्यक्रमका लागि करिब १५ हजार भारतीय भक्तजन पशुपतिनाथ आएको आयोजकको भनाइ छ । कार्यक्रममा १४ हजार ६ सय ४१ पटक एकै दिन अतिरुद्री पाठ गरिएको थियो । हंसमण्डपमा रुद्राक्षहरुको मालाबाट ठूलो शिवलिंग बनाइएको थियो । सोको पूजा अर्चना आयोजक संस्थाका संरक्षक अमर पन्तले गरेका थिए । उनका अनुसार श्री अतिरुद्रात्मक रुद्राक्ष लिङ्गार्चन तथा श्री ललिता सहस्रनाम पाठ महोत्सव नेपालमा पहिलोपटक भएको बताए । संस्थाका अध्यक्ष अहिराज आचार्यले भने, ‘सम्पूर्ण प्राणी जगत्को उद्धार एवं कल्याणार्थ श्री गुरुदत्तात्रय महाराजले स्वामी समर्थ महाराजको रूपमा प्रकट भई दिंडोरी प्रणित सेवामार्ग स्थापना गर्नु भएको हो । उहाँ विभिन्न रूपमा सनातन कालदेखि यस धर्तीमा प्रकट भई कार्यरत हुनुहुन्छ ।’ आचार्यका अनुसार, पछिल्लो समयमा श्री स्वामी समर्थ ई.सं. १८५६ मा प्रकट भई नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्डसम्म भ्रमण गरेका थिए । उनका अनुसार संस्थाले ७० वर्षदेखि १८ विभाग स्थापना गरी विश्वभर ७ हजारभन्दा केन्द्रद्वारा मानव सेवा एवं कल्याणका कार्य गर्दै आएको छ । गुरु माउलीबाट जीवन उपयोगी आध्यात्मिक मार्गदर्शन एवं आशिर्वाद प्रदान गरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...