Thursday 22nd January 2026
पशुपतिनाथमा अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन हुने,भारतबाट १५ हजार भक्तजन आउँदै

काठमाडौं, श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले जेठ २७ गते पाशुपत क्षेत्रको हंसमण्डपमा श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिने भएको छ । उक्त दिन बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गर्ने कार्यक्रम छ । १४ हजार ६ सय ४१ जनाले एकै दिन अतिरुद्री पाठ गर्ने आयोजकको भनाइ छ
विकास मार्गले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । संस्थाका संरक्षक अमर पन्तले दिएको जानकारी अनुसार अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ त्रयम्बकेश्वर, नासिकका पिठाधिश परमपूज्य गुरुमाउली श्री अण्णासाहेब मोरेको उक्त दिन मुख्य प्रवचन हुनेछ । मोरेले सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य नेपाल राष्ट्रको समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्नेछन् । हंसमण्डपमा यस किसिमको श्री अतिरुद्रात्मक स्थान लिङ्गार्चन तथा श्री ललिता सहस्रनाम पाठ महोत्सव पहिलो भएको उनको भनाइ छ । नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यो अनुष्ठानमा सहभागी हुन चाहने श्रद्धालु भक्तजनहरूलाई प्रवेश निःशुल्क गरिएको छ ।
संस्थाका अध्यक्ष अभिराज आचार्यका अनुसार भारतका विभिन्न स्थानलगायत विश्वभरबाट १५ हजार श्रद्धालु भक्तजनको उपस्थिति हुनेछ । उक्त विशेष कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि हुनेछन् । आचार्यले भने, ‘सम्पूर्ण प्राणी जगतको उद्धार एवं कल्याणार्थ श्री गुरुदत्तात्रय महाराजले स्वामी समर्थ महाराजको रूपमा प्रकट भई दिंडोरी प्रणित सेवामार्ग स्थापना गर्नु भएको हो । उहाँ विभिन्न रूपमा सनातन कालदेखि यस धर्तीमा प्रकट भई कार्यरत हुनुहुन्छ ।’ उनका अनुसार, पछिल्लो समयमा श्री स्वामी समर्थ ई.सं. १८५६ मा प्रकट भई नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्डसम्म भ्रमण गर्नुभएको छ। उनले थपे, ‘उहाँ नै सिरडीका साइबाबा शेगाउँका भी गजानन महाराज, हुम्नाबादका माणिक प्रभुजस्ता सन्तका पनि गुरु मानिनु हुन्छ ।’ उक्त संस्थाले ७० वर्षदेखि १८ विभाग स्थापना गरी विश्वभर ७ हजारभन्दा केन्द्रद्वारा मानव सेवा एवं कल्याणका कार्य गर्दै आएको छ ।
गुरु माउलीबाट जीवन उपयोगी आध्यात्मिक मार्गदर्शन एवं आशिर्वाद प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । लोककल्याण, राष्ट्रहित र युवाको उत्थानमा केन्द्रित यस अनुष्ठानले विश्व शान्ति, सकारात्मक उर्जा सिर्जना गर्नुका साथै दैविक विपत्तिलाई निराकरण गर्ने विश्वास संस्थाले लिएको छ ।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
