Thursday 22nd January 2026

ढोग बिबाद प्रतिको दृष्टिकोण : कसले कसलाई किन ढोग्ने ? किन नढोग्ने ?

आरती चटौत

वास्तवमा विवाह त (गर्न चाहनेका लागि) संसार कै सबै भन्दा सुन्दर नाता हुनसक्छ तर शर्त यति मात्र हो कि यसमा एक महिला र एक पुरूष वा जो कोही दुई ब्यक्तिहरू बिच परस्पर प्रेम, सद्भाव, सम्मान, समझदारी, सहयोग, साथ, विश्वास अनि एक अर्कालाई जीवनसाथीको रूपमा स्विकार्ने सह-अस्तित्वको भाव होस् !!
अब यसमा पनि बिरोधको कारण खोज्नु हुन्छ कि ?

सन्दर्भ विशेष देखिने यी ‘असली अनुहार’ त त्यो प्रवृतिको tip of the iceberg मात्रै हो, यो कुप्रथाको जरो कति गहिरो छ ? भन्ने कुरा त ,यो बिषयमा आउने प्रतिक्रियाबाटै थाहा हुन्छ ! धेरै सभ्य, शिक्षिकले नै जीवनसाथी बिचको यो असमानताको पृष्टपोषण वा समर्थन गर्नुहुन्छ।
यो तस्विर त एक प्रतिनिधिमूलक बिम्ब मात्र हो। हैन भने हाम्रा प्राय: हरेक घरको असली चरित्र र रूप यही नै छ।
विशेषगरी कुनै सन्दर्भ वा प्रसंग आउनु पर्छ। मैं हुं भनेर समाजमा नेतृत्व दिनेहरूको असली अनुहार देख्न पाइन्छ !! सन्दर्भ सोमबार / तिज वा अन्य जे पनि हुन सक्छ। कतिपय सरकारी, गैरसरकारी, बैंक- वित्तीय संस्था, चलचित्र, नागरिक समाज, पत्रकार लगायत केही अधिकारकर्मीको समेत सन्दर्भमा पनि यस्तै प्रवृति प्रकट भएको देखिन्छ। यसमा महिला पुरूष वा अन्य जो पनि हुन् सक्छन्।
कतिपय आफ्नो क्षेत्रमा नाम कहलिएका, प्रखर र क्रान्तिकारी सुनिने, उत्प्रेरक ब्यक्तित्वहरू जो पुरूष छन् ; तिनीहरूको पनि पत्नीद्वारा भगवानझै आसन ग्रहण गराएर गरेको पूजा – आरतीको दृष्य होस् वा आफूलाई देवादिदेव कै अंश मानेर पत्नीलाई पाउमा निधार राख्दा महापुरूष भएको भ्रममा पर्नेहरू हुन् ; यी सब प्रवृति उस्तै हुन्। (जसमा केही महिलाले पनि विश्वाश गर्छन्) समाजमा यस्तो प्रवृति आम भए पनि, यस्ता ‘रोल मोडल’ जस्ता देखिनेले पनि यो असमान ब्यबहार गरेको देख्दा समानतामा बिश्वास राख्ने हरेकको मनमा एक किसिमको बिरोधभाव जाग्नु स्वभाविक हो।
त्यसो त विशेष गरी हिन्दू परम्परामा विवाह गरेर ल्याउँदा एक पुरूषले एक महिलालाई आफ्नो खुट्टा ढोगाएर, जुठो ख्वाएर, नाम-थर-घर परिवर्तन गराएर, आफू ‘मालिक’ हुनुको बर्चस्व स्थापित गरेर आफूसंग लिएर जाने परम्परा छ; न कि जीवनसाथीको रूपमा !! अनि जन्म दिने आमा-बुवाले त ‘मारे पाप पाले पुण्य’ भन्दै दान गरेर आफ्नो सन्तान,त्यो छोरीलाई अरूका जिम्मा लगाइदिन्छन्।
अनि त्यो सम्बन्ध जीवनसाथी बिचको हैन। शुरू हुन्छ भगवान/मालिक र भक्त/सेवकको रूपमा ! त्यसैले त हाम्रो जस्तो समाजमा महिलामाथि सबै भन्दा वढी हिंसा त्यही बिवाह गरेको पुरूषबाट हुने कुरा प्रमाणित भैसकेको छ।
त्यसैले त बेला-बेलामा यी र यस्ता दृष्य र प्रवृति प्रकट हुनु सामान्य कुरा नै हुन्। तर फरक यति छ कि हिजोसम्म सामान्य लाग्ने यी दृष्यमा अब प्रश्न उठन थालेको छन्।
एउटामा प्रश्न उठे पछि धेरै यस्ता तस्विर सामाजिक संजालबाट हटेका पनि छन्। तर सवाल तस्विर मात्र हट्नुसंगको हैन ! आजको दिनमा पनि यो असमान प्रबृति रहिरहनु चिन्ताको बिषय हो।
अचेल यी र यस्ता असमान प्रवृत्तिका बिरूद्धमा बुलन्द आवाज उठदै त छन्। देशको संविधानले यी असमानतालाई कुप्रथा भनिसक्यो र यस बिरूद्ध कानुन समेत बनेको छ। यो सब किन होला ? एक पल्ट सोच्नु त !
अनि त्यहीनेर केही शिक्षित, समाज र देशलाई नै नेतृत्व दिने हैसियतकाले समेतले त्यही गलत र असमान प्रवृतिको समर्थन गरेको पनि देखियो। त्यस प्रति गहिरो खेद प्रकट गर्छौं तर यसमा पनि केही आश्चार्य भने छैन। ती सोच पनि त त्यही सामाजिकिकरणको उपज हो। फेरि यसमा ‘ ईच्छा भए गर्न पाउने – अरूलाई के समस्या ‘ जस्ता आधारहिन तर्क पनि प्रस्तुत भए तर ईच्छा नै भए यो ईच्छा महिलामा मात्र किन हुने ? के यो महिनावारी हो र ? पुरूषलाई हुनै नसक्ने ?? त्यो पनि एकै खाले संस्कृतिका महिलामा मात्र किन यो रूचि जाग्ने रैछ ?? सोचौं न एक पटक .. यसको पनि अध्ययन नै गरौं न त है !!
शताब्दियौंदेखि स्थापित मान्यताहरूले हाम्रो “ब्रेन वाश” गरेको छ। त्यसैले समानताका निम्ति उठेका आवाजमा पनि बिरोध, कुतर्क, प्रतिरोध हुने गर्छ किनभने अझै ती ‘वास्ड ब्रेन’ नै शक्ति संरचनामा बढी छन् र तिनकै स्वर चर्का पनि होलान् तर विश्व मै प्रमाणित तथ्यको शक्ति सहित, समानतामा बिश्वास राख्ने हरेकको यो समनताको संघर्ष हरपल सशक्त हुने कुरामा कुनै आशंका छैन। अगाडी बढेका देश र समाजमा विध्यमान अवस्था पनि अध्ययन गरौं न ! कति आफूलाई ‘लागेका’ कुराका आधारमा दलिल दिएर समाजलाई भ्रमित गर्ने !!

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...