Tuesday 20th January 2026

स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह ‘`भावनाको संगालो’ ´बिमोचित

काठमाडौं,असार १८ । स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ विमोचित भएको छ । राजधानीमा शनिबार आयोजित एक समारोहका बिच निर्मोहिको कविता संग्रहको विमोचन गरिएको हो ।
विमोचन सभाको सभापतित्व प्राध्यापक राम कुमार पाँडेले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी दिवस रहनुभएको थियो ।

सभामा बोल्दै समीक्षक डा. मित्रवन्धु पौडेलले, ” कृतिभित्र १७३ वटा रचनाहरू रहेको र जसमा गीत, गजल तथा कविताहरू रहेको बताउनुभयो । जसमा आ- आफ्नै मौलिकता भेटिने बताउदैँ हिमाल पहाड र तराईको समावेशी स्वरूपले पाठकलाई पुस्तकभित्रको रसस्वादन अनुभूति हुने पौडेलले बताउनुभयो । लेखकका पुस्तकमा २०५७ सालदेखि २०६० सालसम्ममा रचनाहरू समावेश गरिएका छन् । जुन रचनाहरू विभिन्न माध्यमबाट कतिपय पाठकहरू समक्ष पुगिसकेका रहेछन् भने, कतिपय पुस्तकमा नयाँ रचनाहरू समावेश रहेको छ । जुन सरल तथा असाधारण कविताहरू कृतिमा समावेश गरिएको पौडेलले बताउनुभयो ।

त्यस्तै, अर्का समीक्षक प्रभा बरालले कवितामा विभिन्न ठाउँको परिवेश तथा परिस्थितिलाई समावेश गरि कविताहरू लेखिएको बताउनुभयो । कविको कवित्वपन थाहा पाउन कृति पढ्नु पर्छ । कविताहरू सरल तथा सरस रहेको पनि बरालले बताउनुभयो ।
सभाका प्रमुख अतिथि तुलसी दिवसले कोभिडका कारण कृतिकार कविलाई गुमाउनु परेको खबर सुनेर उँहाको सम्मानका लागि उपस्थित भएको बताउदैँ उहाँले जीवनमा केही नयाँ कुराहरू गर्ने सोचमा हुनुहुन्छ भने, गरिहाल्न पनि पाठहरूलाई अनुरोध गर्नुभयो ।
सभाका प्रमुख अतिथि प्राध्यापक राम कुमार पाँडेले कृतिले कविलाई जिवन्त बनाएको र पहिचान दिलाएको बताउँदै कृति प्रकाशनमा भूमिका निर्वाह गर्नेहरूलाई आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा कविकी धर्मपत्नी सावित्रा पाठकलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।शान्ति सापकोटाले कवि निर्मोहीका कविता वाचन गर्नुभएको थियो।
उक्त कृतिलाई बजारमा एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौंको प्रकाशन संस्था आध्यात्मिक पत्रिका ‘कवच’ ले बजारमा ल्याएको हो । संग्रहको सम्पादन शिरोमणि दवाडीले र रचना संकलन शिव प्रसाद पाठकले गर्नु भएको हो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...