वास्तुको उत्पत्ति
वास्तु भन्ने बित्तिकै निर्माण शैलीहरुलाई बुझिन्छ । यसलाई चित्रहरुको सङ्ग्रह वा भौतिक निर्माणको आकृतिको संज्ञा दिएको छ । मानवीय विकाससँगै वास्तु शास्त्रको प्रयोग भएको हो । त्रिभुजाकार धन्नाहरु भएको घरहरु बनाउने वडारहरुमा वास्तुको सिद्धान्त प्रयोग भएको इतिहासबाट थाहा हुन्छ ।
विभिन्न मठ मन्दिर,
पूजास्थल, कार्यालय र घर मा वास्तुको प्रयोग गरेको हुन्छ । जसमा पिरामिड शैली, चैत्य शैली र शिखर शैली अपनाइएको हुन्छ । जुन वास्तु शास्त्रको उपज हो । वास्तुले विभिन्न आकार बनाउन सिकायो । विभिन्न अशुभ सङ्केतलाई सुख सङ्के तमा पु¥याउने प्रयास ग¥यो । जुन अस्तिक र नास्तिकको दुबै को लागि प्रयोग सिद्ध भयो । २१ औं शताब्दी पनि वास्तु शास्त्रको शताब्दी हो । जसमा ईन्जिनियरहरुले वास्तुको सिद्धान्तमा घरहरु प्रयोग सिद्ध बनाएका छन् त के ही वास्तुको विपरित नियममा भएकाले सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
वास्तु शास्त्रको व्यवहारिक पक्ष
वास्तु प्रयोग शील र व्यवहारिक विज्ञान हो । जसलाई प्राकृतिक विज्ञानको एउटा अंशको रुपमा लिन सकिन्छ । मानवीय जीवन सफल बनाउन विश्वका अधिकांश व्यक्ति विकल्पहरु खोजी गरि रहेका छन् तर वास्तु शास्त्रको महत्व थाहा नपाएर मानवीय जीवन असहज भएको छ । वास्तुले निर्माण शैली र अवस्थालाई जोड दिन्छ । आफूले बनाएको भवन, कार्यालय र घर गृहस्तीको निर्मित भौतिक पूर्वाधारले मानिसलाई असर पारे को हुन्छ । सामान्यतया उज्यालो आउने , घाम आउने र हावा चल्ने खालको भएमा मानिसलाई जीवन बिताउन सहज हुन्छ । कोठामा राखिने भान्छाको ठाउँ शौचालय को स्थान सही हुनुपर्छ । गर्मी मा हावा चलेमा, जाडो मा घाम आउने भएमा उक्त घर उत्तम हुन्छ ।
अधिकांश ईन्जिनियरहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वास्तु शास्त्रको नियमलाई लिएर भवन निर्माण गरेका हुन्छन् त्यसै ले उनीहरुले बनाएको घर बाट केही राम्रो र शुभ फल दिएको उदाहरण विश्वमा धेरै छन । तर मानिसहरु नास्तिक हुने क्रम बढ्दो अवस्था छ । विश्वमा भएको सत्य तथ्य कुराहरुलाई पनि गलत प्रयोग गरी मनकेन्द्रीत व्यवहार गरेको घटना थुप्रै देख्न पाइन्छ । यसबाट मानिसले सोचे जति फल लिन सकेको छैन । जसले धर्म र प्राकृतिक विज्ञानलाई विश्वास गर्छ , उसले घर निर्माण गर्दा पनि वास्तुको आधारभूत सिद्धान्तहरु पछ्याएको पाइन्छ । मानिसको उत्पत्तिसँगै उनीहरुले वास्तु शास्त्रलाई प्रयोग शील बनाएका थिए । तर आधुनिक शैलीले बनाएको घर , भवन, चर्पी, पार्टी , धर्म शालामा वास्तुको कुनै पनि नियमलाई अवलम्बन गरेको विरलै पाइन्छ । जसले गर्दा मानिसहरुले दुःखको बाटो मात्र निम्त्याएको छ । यसको निरा करणको लागि वास्तु शास्त्रले अचूक औषधिको रुपमा काम गर्छ । यसर्थ वास्तुको विभिन्न फल र यसलाई अपनाएमा हुने राम्रा संकेत लाई मानिसले केन्द्रीत गर्नु पर्छ । आरामदायी भवनको लागि वास्तु शास्त्र वरदान सावित हुन्छ ।
वास्तु शास्त्रबाट निर्मित भौतिक निर्माणमा बस्न पाउने व्यक्तिहरु भाग्यमानी हुन्छन् । यी व्यक्तिहरुले जीवनमा कामको लागि प्रेरणा पाएका छन्, उचित समय कक्षबाट दाम्पत्य जीवन सफल भएको छ । सफा घर मा बसे र स्वस्थ जीवन बिताउन सफल भएको छ । घर मा मौसम अनुसार हावा, पानी र घामको व्यवस्था हुनाले मानवीय जीवन सहज भएको छ । वास्तुले आकृति सजावट फैलावट र व्यवहारिक पक्षलाई जोड दिएको छ । वास्तु आफै साध्य र साधन नभयएर यसका सिद्धान्तहरु महत्वपूर्ण हुन्छन् । वास्तु अनुसार बनाएको घरको सजावटले काममा आकर्षण हुने र समाजमा प्रतिष्ठा वृद्धि हुने गरेको पाइन्छ । सफल र शक्तिशाली व्यक्तिहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष वास्तुको सिद्धान्त प्रयोग गरेको उदाहरण विश्वमा थुप्रै छ । वास्तु सिद्धान्त समकालिन विश्वको चर्चा को विषय हो । तर यसमा अधिकांश मानिसहरुको ध्यान जान सकेको छैन । मानिसहरुले भौतिक निर्माण जस्तै घर निर्माण शौचालय निर्माण, पाठशाला, कार्यालय निर्माणजस्ता क्रियाकलापमा वास्तुको सिद्धान्त प्रयोग गरेको पाइदैन । यसबाट मानिसलाई आरामदायी जीवन बिताउन मद्दत मिल्दैन । यसको लागि वास्तु सिद्धान्तअनुसार भवन निर्माण गरेमा अवश्य नै
सुख, शान्ति, र सम्वृद्धि प्राप्ति हुन्छ । भवनको लागि पृथ्वी (जमीन), जल, वायु, अग्नी एवं आकाशरुपी पञ्चतत्वहरुको समन्वयताबाट सुख, सम्वृद्धि र मानसिक शान्ति, प्राप्ति गर्न सकिन्छ । वास्तु सिद्धान्त विपरित घर निर्माण गरेमा विभिन्न समस्या जस्तै अप्रत्यासित खर्च बढ्ने , पारिवारिक बेमेल , विछोड र अशान्ति हुने, सोचेको काम नहुने, सम्पत्ति हानी हुने, राज्य समाप्त हुने जस्ता अशुभ फल दिने हुन्छ । यो मानव निर्मित समस्या नभई वास्तु शास्त्र अनुसार परिवर्तन गरेमा उत्तम हुन्छ । घडेरी लिंदा जमिनको आकार चारकुने आकार उत्तम हुन्छ । घर घडेरी, होटल र व्यवसाय सञ्चालन गरे मा सोचेभन्दा बढि फल प्राप्ति हुने मानवीय वेदनालाई न्यूनीकरण गर्न सकिन्छ । तसर्थ मानवीय जीवनमा वास्तुको सिद्धान्त लागू गरी सहज जीवन जिउन सकियोस् भन्ने धारणा वास्तु शास्त्रले अगाडि सारेको छ ।
14th May 2019 , 9:38 am
8 hours ago
8 hours ago
9 hours ago
4th Nov 2024 , 6:54 am
4th Nov 2024 , 5:11 am
14th May 2019 , 9:38 am
2nd Nov 2024 , 3:26 am
1st Nov 2024 , 3:32 am
31st Oct 2024 , 8:21 am
31st Oct 2024 , 2:52 am
4th Nov 2024 , 6:54 am