Wednesday 11th March 2026
अन्तरधार्मिक भावनाको विकास गराउनेछौँ : समाजसेवी डा. पिया रत्न महर्जन ।

भाषिक, धार्मिक र सांस्कृतिक बिबिधता भएको काठमाण्डौ उपत्यकालाई संग्राहलयको शहरका रुपमा बिकाश गरी नमुना प्रस्तुत गर्न आफूसँग प्रसस्त योजना र अनुभव भएको समाजसेवी डा. पिया रत्न महर्जनले बताउनुभएको छ । काठमाण्डौमा बग्ने बागमती, बिष्णुमती लगायतका नदीनालामा ढल मिसाइ अपवित्र बनाइएकोले पर्यावरण र यहाँको सभ्यता नै गुम्दै गएको उहाँले औंल्याउनुभयो। लामो समयदेखि आफू समाजसेवामा कृयाशील हुँदै आएकोले मानवता र समाजको आवश्यकतालाई आत्मसाथ गरी राजनीतिक बाटोबाट समाधानको अभियानमा जुट्न राजनीतिमा लागेको उहाँले खुलाउनुभयो। “जवसम्म समाजमा विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदाय बिच पारिस्पारिक सदभाव, सहिष्णुता र ऐक्यबद्धता कायम हुँदैन तवसम्म परिवर्तनको महसुस गर्न सकिँदैन” उहाँले भन्नुभयो – ” विश्व प्रशिद्द शान्ति तथा अहिंसाबादी महात्माहरू गौतम बुद्ध, डा.सन म्योङ्ग मुन, महात्मा गान्धी लगायतको शान्ति दर्शनलाई स्थानीय तहमा नेतृत्व बिकाश, पारिवारिक मूल्य मान्यताको जगेर्ना, मेलमिलाप तथा सहभागितामुलक बिकासमा टेवा पुग्ने गरी योजना ल्याउने गरी मैले अगुवाइ लिन लागेको हुँ।” सम्भावित सबै प्रकारका द्वन्दलाई समाप्त गर्दै धार्मिक, जातीय तथा भौगोलिक सहिष्णुताका लागि शान्ति, न्याय र मेलमिलापका लागि अन्तर सहिष्णुता कार्यक्रम सबै स्थानीय तहमा सन्चालन गरी राष्ट्रिय एकीकरणलाई मजबुत बनाउने एजेन्डालाई प्राथमिकतामा राखिएको कवचसँगको संवादमा उहाँले जानकारी गराउनुभयो। असल मनसायले गरिने राजनीति नै समाजसेवा भएकाले धार्मिक संग्राहलय, जातीय संग्राहलय, मठ मन्दिर, गुठी लगायतका स्थलहरूलाई उचित ब्यबस्थापन गर्दै धार्मिक पर्यटनको बिकास गर्ने दृढता लिएको उहाँको भनाइ थियो। डा. पिया रत्नले अबको आवश्यकता द्वन्द रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भुमिका भएकाले स्कुल कलेजमा प्रवचन गर्दै आध्यात्मिक र नैतिक शिक्षाको ज्ञान अगाडि बढाउने उल्लेख गर्नुभयो। निष्कर्षमा उहाँले भन्नुभयो -” अन्तरधार्मिक भावनाको बिकास गराउनेछौँ।” ( डा. पिया रत्न महर्जन, २०७९ सालको स्थानीय चुनावमा काठमाण्डौ महानगरपालिकामा नेपाल परिवार दलका तर्फबाट चुनाब चिन्ह “साँचो” सहित मेयरका प्रत्यासी हुनुहुन्छ । )
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
