Friday 6th March 2026

ग्रहचिकित्सामा रत्नधारणको महत्व :

 ज्यो.विश्वप्रकाश लामिछाने

ज्योतिष विज्ञान मानवमात्रका लगि एउटा वरदान हो , आयुर्वेदका विभिन्न चिकित्सा विधि मध्ये भूतवाधा वा ग्रहचिकित्सा भित्र पर्ने उपचार विधि पनि हो ज्योतिष शास्त्र । आयुर्वेदका मान्य ग्रन्थहरुले विरामीको उपचार गर्नुपूर्व रोगीको आयु र ग्रहबल हेरेर मात्र उपचार गर्नु पर्दछ भनी वैद्य वा कविराजहरुलाई निर्देशन गर्दछन । यद्यपि ज्योतिष शास्त्र भित्र पनि आफ्नै प्रकारका उपचार विधिहरु रहेका छन । आयुर्वेद अनुसार पंचतत्वको असामन्जस्यता नै रोगको कारण हो र पंचतत्व ब्रह्माण्डका हरेक वस्तुमा विद्यमान छ ।

यी पांच तत्वहरुको सामन्जस्यता नभएर नै शरिरमा विविध प्रकारका रोगहरु लाग्दछन । ज्योतिष विधामा ग्रहशान्ति भनेर जानिने उपचार विधिहरुमा मन्त्रजप ,ब्रत , ग्रहपूजा , ग्रहपदार्थको दान , यन्त्र धारण , औषधि स्नान , औषधसेवन र रत्न धारण प्रमुख उपायहरु पर्दछन । यी उपायमध्ये ग्रहरत्नधारण पनि विशेष प्रकारको ग्रहशान्तिको विधिका रुपमा पर्दछ ।
भूगर्भ भित्र रहेका पदार्थहरुको संघटनबाट निर्मित रत्नहरु व्यक्तिको जन्मकालिन ग्रहको अनुकूलता र प्रतिकूलतालाई हेरर धारण गर्ने गरिन्छ । अग्निपुराण गरुड पुराण ,लगायतका शास्त्र , ज्योतिष ग्रन्थ र विभिन्न वैद्यक ग्रन्थमा वर्णन र विवेचना गरिए अनुसार भूगर्भमा रहेको विभिन्न उच्चकोटीका रत्नहरु सयौ प्रकारका रहे पनिं सूर्य चन्द्र मंगल बुध बृहस्पति शुक्र शनि राहु केतु आदि ग्रहका दोष निवारण गर्नका लागि क्रमस माणिक्य ,मोती ,प्रवाल ,पन्ना , पुखराज ,हिरा,नीलम ,गोमेद र वैदूर्यमणि प्रयोग गर्ने नियम रहेको छ ।

यस्ता रत्नहरु उत्पत्तिस्थलका आधारमा अल्पमोली र बहुमूल्यवान र संंस्लिष्ट गरि तीन प्रकारका हुन्छन । रत्नको गुणवत्ताको मापन त्यसको घनत्व काठिन्य र पारदर्शितामा निर्भर रहन्छ । यस्ता रत्नहरु प्रयोग गर्दा अति अनुभवी जौहरी वा आधुनिक प्रयोगशाला (ल्याव)मा गुणस्तर मापन गरेरमात्र प्रयोग गर्नु उचित हुन्छ अन्यथा धारण गरिएको रत्नले कुनै पनि लाभ नहुने संभावना अधिक रहन्छ ।

सामान्य नियम अनुसार आजभोलि रत्न धारण गर्दा राशि हेरेर राशि स्वामीको रत्न लगाउने प्रचलन पनि देखिन्छ यो सवर्था गलत कार्य हो , रत्न चिकित्सा वा ग्रहशान्ति गर्न प्रयोग गरिने रत्न सम्बन्धित ग्रहको अनुकूल छ वा प्रतिकूल छ सो विषयमा पनि अध्ययन मनन गरेरमात्र धारण गर्नु पर्दछ ।अमुक राशिका लागि अमुक रत्न भन्ने सिद्धान्त ज्योतिष विज्ञानको सिद्धान्त भन्दा बाह्य कुरा हो ।

रत्न धारण गर्नकालागि सर्वप्रथम व्यक्तिलाई प्रतिकूल प्रभाव पार्ने ग्रह पहिचान गरेर त्यस ग्रह सम्बन्धी रत्न धारण गर्नु पर्दछ । बजारमा पाईने अल्पमोली रत्नहरुको प्रभाव सामान्य रहन्छ भने बहुमूल्यवान रत्नहरुले हामीमाथि धेरै छिटो र प्रभावकारी रुपले कार्य गर्दछन । संस्लिष्ट रत्नहरुको प्रयोग हानीकारक नभए पनि खास वा विशेष प्रकारले लाभ प्रदान गर्ने हुदैन । समग्रमा रत्न पहिचान , आवस्यकता र प्रभाव यी तीन कुराहरुलाई मध्यनजर गरेरमात्र रत्नधारण गर्नु स्वास्थ्य र सुखकालागि अनुकूल बन्दछ .

लेखक :नेपाल ज्योतिष परिषद प्रदेश नम्बर १ का अध्यक्ष हुनुहुन्छ

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...