Monday 27th July 2026
बुद्ध जयन्तिको अवसरमा हङकङ स्थित हिन्दू मन्दिरमा शान्तिको कामना गरियो।
हङकङ स्थित हिन्दू मन्दिरले आज बुद्ध जयन्तीका अवसरमा चुनवान स्थित नदिमा शान्तिको प्रार्थना गर्दै माछा छोड्ने कार्य गरेको छ।
प्रत्येक बर्ष बुद्ध जयन्तिका दिन गरिँदै आएको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिँदै विश्व समुदायमा शान्ती छाओस, रोग ब्याधी हटेर जाओस भन्ने कामना गर्दै विधि पूर्वक अनुष्ठान गरी माछालाई जलासयमा छाडिएको हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी शर्माले जानकारी दिनुभयो ।
हङकङ स्थित जोडर्नमा रहेको हिन्दू मन्दिरले नेपाली समुदायले मान्ने चाड्पर्वमा विशेष पूजापाठ गर्नुका साथै विभिन्न धार्मिक अनुष्ठानका साथै समाजसेवाको कार्य गर्दै आएको छ।
आज जेठ १२ गते तिथि अनुसार बैशाख पूर्णिमा । चण्डी पूर्णिमा, बुद्ध पूर्णिमा, मष्ट पूर्णिमा, कूर्म जयन्ती, गोरखनाथ जयन्ती तथा उभौली पर्व परेकोले मन्दिरले सबै मानब समुदायको कल्याणको कामना पनि गरेको छ।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...

